https://www.youtube.com/embed/7wgh1lJKjhQ

-सञ्जेलको शब्द, सापकोटा र पौडेलको स्वर:बजार भरि छोडपत्र

सञ्जेलको शब्द, सापकोटा र पौडेलको स्वर:बजार भरि छोडपत्र

Hollywood Khabar August 26,2020 Comments

ललितपुर/८/२७/२०

सामाजिक परिवेशमा आधारित नयाँ गीत छोडपत्र बजारमा आएको छ।श्रीमान् श्रीमती बीचमा भएका खटपटलाई शब्दमा उतारेर उक्त गीत तयार पारिएको सर्जकले बताएका छन् ।सर्जक नवराज सञ्जेलद्वारा रचित उक्त गीतमा नवगायक प्रकाश सापकोटाको लय तथा स्वर रहेको छ।आधुनिक गायिका वेनिशा पौड्यालको यो लोकगीतमा पहिलो आवाज हो।हाल क्यानडा निवासी रामचन्द्र सापकोटाको विशेष सहयोग रहेको उक्त गीत लोक चौतारी युटुव मार्फत सार्वजनिक भएको छ।

सामाजिक परिवेशमा आधारित उक्त गीतमा मर्मस्पर्शी शब्द समेटिएका छन् ।

"त्यही एउटा केस हुन्थ्यो जीउँदै राखी तडपाउनु भन्दा त घाँटी रेटी मारेकै बेश हुन्थ्यो "

मुख्य थेगो रहेको उक्त गीतमा कसैको नामको सिन्दुर र टीका मात्रले माया बलियो नहुने बताइएको छ।

 

तिम्रै नामको सिन्दुर र टीका छ

किन तिम्रो माया झन् फिका छ

आखिरीमा देखाउनको लागि गरिने मायाले तड्पिनु भन्दा आफ्नो आफनो बाटो तताउनु राम्रो गीतमा सन्देश छ।

 

झुटो माया पर्दैन देखाउन

तयार हुनु छोडपत्र लेखाउन

विभिन्न सपना देखाएर राखेकोमा केटीको यस्तो गुनासो छ।

 

अनेक सपना देखाउँदै मनायौ

मुर्दा कुर्ने घाटे झै बनायौ

श्रीमान् श्रीमतीको झगडा परालको आगो भएपनि अरुको कुरा सुनेपछी घर बिग्रने गीतमा छ।

 

घरको कुरा परालको आगो

सुनें कुरा अरुकै सही लागो

 

अन्तमा दुवैको गुनासो पनि छ

तिमीसंग छैन केही लिनलाई

 

तयार हुनु दागबत्ती दिनलाई

लोक हसाँउनु बारम्बार भन्दा

परलोक जान्छु यसैमा आनन्द