-बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामी

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको दाहसंस्कार

Hollywood Khabar September 30,2020 Comments

दिनैपिच्छे बढ्दो रुपमा गएको बलात्कार, हत्या मात्र होइन बालिकाहरुको बलात्कार र हत्याको क्रम पनि एकपछि अर्को बढ्दै गएको छ।

पछिल्लो घटना अनुसार बझाङ जिल्लामा १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरिएको थियो। उनका परिवार र गाउँका व्यक्तिहरुले हत्याको छानविन नभएसम्म लास सद्गगति नगर्ने भन्दै गत आठ दिनदेखि बसेका थिए। हत्यामा संलग्न रहेको आरोपमा खिकालाका राजेन्द्र बोहरालाई बझाङ प्रहरीले सेप्टेम्बर २९, २०२० मंगलबार पत्रकार सम्मेलन गदै सार्वजनिक गरेको थियो।

उनि गत असोज ७ गते घरबाट गोठ हिँडेकी थिइन। माष्टा गाउँपालिका २ खिकालाकी सम्झना कामीलाई सोही गाउँको सिम मन्दिरमा बलात्कारपछि हत्या गरिएको कुरा रिपोर्टमा उल्लेख छ।