साङ्केतिक तस्बिर:साभार वेब

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा र खाँदबारी न पा वडा नं ३ मा नेकपा विजयी

Hollywood Khabar November 30,2019 Comments

१५ मंसिर,काठमाडौं।संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन्।शनिवार भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल विजयी भएका हुन्।नेकपाका उम्मेदवार तेजबहादुर पोखरेलले ३ हजार १८ मत पाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत पाएका थिए।पोखरेलले पराजुलीलाई ८सय२ मतले पराजित गरे।मकालु गाउँपालिकामा यसअघि पनि नेकपा एमालेले जितेको थियो।

त्यस्तै अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा निधन भएको थियो।खाँदबारी नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसका उमेदवार विक्रम गुरुङलाई पराजित गरेर नेकपाका भरत घिमिरे निर्वाचित हुनुभएको हो।उहाँले कांग्रेसका उमेद्वार गुरुङलाई तीन सय २९ मत अन्तरले पराजित गर्नुभएको थियो।घिमिरेले सात सय ६९ मत प्राप्त गर्नुभएको थियो भने गुरुङले चार सय ७६ मत प्राप्त गर्नुभएको थियो।यस वडामा एक हजार आठ सय २२ मतदाता रहेकोमा एक हजार दुई सय ७१ मत खसेको थियो।वडा अध्यक्षको लागि दुई दलले मात्र उम्मेदवारी दिएको थियो ।

दुवै पदमा निर्वाचितहरुलाई आईतबार नै पद तथा गोपनियताको सपथ गराईएको छ।खाँदबारी नगरपालिका ३ का अध्यक्ष घिमिरेलाई मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले सपथ ग्रहण गराउनुभएको थियो भने मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेललाई मकालु गाउँपालिकाका निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले सपथ ग्रहण गराउनुभएको थियो।नव निर्वाचित अध्यक्षहरुले सपथ ग्रहण गराएँसँगै पदिय जिम्मेवारी पनि ग्रहण गरेका छन्।