Hollywoodkhabar advertisement

संखुवासभामा नेपाल प्रहरी माथि आतंकारी हमला

-नेपालको आतंकारी नेत्र बिक्रम चन्द
0
shares

नोवेम्बर १६, २०२० सोमबार पूर्वी नेपालको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा नेपाल प्रहरी माथि नेत्र विक्रम चन्द नेतृत्वको आतंककारी समूहले आक्रमान प्रयास गरेका छन्। दिनको ११ बजे भएको उक्त घटनामा नेपाल प्रहरीले जवाफी कारबाही गर्दा दोहोरो गोली हानाहान भएको छ।

आतंकरीहरुले गस्तीमा गएको प्रहरी टोलीलाइ लक्षित गर्दै ट्र्याटमा पारेर गोलाई चलाउन थालेका थिए। जवाफमा प्रहरीले पनि गोली चलाउँदा घटना भएको हो। घटनाबाट कुनै मानवीय क्षेती भएको छैन। प्रहरीले ८ राउन्ड फायर खोलेको समाचार डीएसपी नवराज मल्लको हवाला दिंदै कान्तिपुरले उल्लेख गरेको छ।

जब जब एकिकरण गरिएको भनिएको नेपाल कम्यूनिष्टि पार्टीमा विवाद चरम सिमामा पुग्छ अनि यस्ता घटना घट्ने बढ्ने गरेका छन्। उसै पनि नेत्र विक्रम चन्द नेकपाका दोश्रो दर्जाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको ब्याक फोर्स मान्ने गरिएको छ।