https://www.youtube.com/embed/q2MfSjnuyLY

-संखुवासभा अमेरिका जनसम्पर्कको भर्चुअल र्याली, प्रकाशमान सिंहको संबोधन, थुप्रै कार्यपत्र प्रस्तुत

संखुवासभा अमेरिका जनसम्पर्कको भर्चुअल र्याली, प्रकाशमान सिंहको संबोधन, थुप्रै कार्यपत्र प्रस्तुत

Hollywood Khabar October 04,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/४/२०२०

संखुवासभा अमेरिका जनसम्पर्क समितिद्वारा आयोजित नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा भर्चुअल र्यालीमा नेकां नेता प्रकाशमान सिंह, थुप्रै नेताहरुको उपस्थितिमा धेरै कार्यपत्र प्रस्तुत भएका छन्।

संखुवासभा अमेरिका जनसम्पर्क समितिद्वारा अक्टुवर २, २०२० मा आयोजित भर्चुअल र्यालीमामा नेपाली कांग्रेसका पूर्व महाँमन्त्री प्रकाशमान सिंहले प्रमुख अतिथिको आशनबाट नेपाली कांग्रेस एउटा राम्रो र इतिहास बोकेको पार्टी भएको, तुलनात्मक रुपमा अरु भन्दा धेरै नतिजा दिन सकेको र राम्रो आदर्श पार्टी हुँदा-हुँदै पनि निर्वाचनमा पराज्य भोग्नु परेको कारण उल्लेख गरे। पार्टीको ८ वटा नै तह, भात्री संगठन र अन्य विङहरुलाई सक्रिय राख्नुपर्ने काम वर्तमान नेतृत्वबाट नभएको कुरा उल्लेख गरे। नेता सिंहले त्यसको विकल्प पनि दिएका छन्।

त्यसैगरी र्यालीमा नेपाली कांगेसका केन्द्रीय सदस्य एनपी साउद, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व राज्य मंत्री दीपक खड्का, नेपाली कांग्रेस संखुवासभाका सभापति दीपन कुमार श्रेष्ठ, पूर्व संसद टंक प्रसाद राईलगायतले र्यालीमा संबोधन गरे।

कार्यक्रममा आगामी १४ औं महाधिवेशनलाइ आधारित मान्दै कार्यपत्रहरु प्रस्तुत गरिए र तिनीहरु माथि टिप्पणी समेत भए। नेपाली कांग्रेस समाजवाद र अर्थनीतिमा प्राध्यापक डा रामप्रसाद ज्ञवालीको कार्यपत्रलाई पूर्व उपकुलपति प्रा डा तीर्थराज खनियाले टिप्पणी गरे। पार्टीको अभिलेखिकरण र मूल्यांकनको बिषयमा प्रध्यापक डा धनेश्वर नेपाललको कार्यपत्रलाइ प्राध्यापक धर्मराज कोइरालाले टिप्पणी गरे। नेपाली कांग्रेसको भावी कार्यदिशा र जनसम्पर्क समितिहरुको भूमिकाबारेमा प्राध्यापक डा यादव पण्डितको कार्यपत्रलाइ प्राध्यापक डा राजन पन्तले टिप्पणी गरे।

भर्चुअल र्यालीलाइ समितीका अध्यक्ष कृष्णराज गिरीले यो कार्यक्रमले नेपाली काँग्रेसलाइ सहयोग हुने कुरालाई विश्वास लिएको जनाए। उनले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनलाइ केहि सहयोग हुन्छ भनेर आयोजित यो कार्यक्रममा प्रकाशमान सिंह लगायत, दिग्गज नेता तथा बिज्ञको प्रस्तुतिले धेरै गौरवान्दित बनाएको बताए। आगामी दिनमा पनि यस्तै खाले कार्यक्रमहरु पस्कने पनि प्रतिबद्धता जाहेर गरे। साथै कठिन घडिमा उपस्थित भैदिनुभएकोमा पार्टी नेताहरु, कार्यपत्र प्रस्तुत गर्नुहुने सबै र टिप्प्पणी कर्ता अनि सबैलाई धन्यवाद्द ज्ञापन गरे।

र्यालीलाइ समितिका महासचिव पद्मराज तामाङ र सचिव दिनेश डांगीले संचालन गरेका थिए। कायक्रमलाइ समितिको अफिसियल फेसबुक पेज र हलिउडखबरको फेसबुक पेजबाट लाइभ गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष अर्जुन कार्कीले सबैलाई स्वागत गरेका थिए।

कार्यक्रममा कार्यसमितिका अध्यक्ष कृष्ण राज गिरी, वरिष्ठ उपाध्यक्ष महिपाल घिमिरे, उपाध्यक्ष अर्जुनकुमार कार्की, महासचिव पदमराज तामाङ, सचिव दिनेश डांगी, सदस्य बिनोद गौली, सदस्य सुरथ कुमार डागी, सहभागी थिए। त्यसैगरी सल्लाहकारहरु धर्मराज श्रेष्ठ, प्रा धर्मराज कोइराला, हरिकुमार श्रेष्ठ, गोपाल घिमिरे, रोसन ढुंगाना समेत उपस्थित रहेका थि।

कार्यक्रमको फेसबुक लाइभको पुरा भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/watch/?v=336495517684234

संखुवासभा अमेरिका जनसम्पर्क समिति

 

  • अध्यक्ष कृष्ण राज गिरी-क्यालिफोर्निया
  • बरिष्ठ उपाध्यक्ष महिपाल घिमिरे - क्यालिफोर्निया
  • उपाध्यक्ष अर्जुन कुमार कार्की - न्यु योर्क
  • महासचिब पदम राज तामांग - कोलोराडो
  • सचिब नेत्र पोखरेल - कोलोराडो
  • सहसचिब दिनेश डांगी -न्यु योर्क
  • कोषाध्यक्ष छिरिङ्ग शेर्पा - क्यालिफोर्निया
  • सदस्य बिनोद गौली- कोलोराडो
  • सदस्य बिशु दाहाल - क्यालिफोर्निया
  • सदस्य दावा शेर्पा - क्यालिफोर्निया
  • सदस्य सुरथ कुमार डागी -क्यालिफोर्निया
  • सदस्य निर मणि कालाखेती -क्यालिफोर्निया
  • सदस्य प्रकास बोहरा -न्यु योर्क
  • सदस्य नम्रता दाहाल -क्यालिफोर्निया
  • सदस्य अशोक तामांग -जोर्जिया

 

सल्लाहकार

  • धर्म राज श्रेष्ठ - कोलोराडो
  • धर्म राज कोइराला -क्यालिफोर्निया
  • श्हरिकुमार श्रेष्ठ -कोलोराडो
  • पियुष दाहाल -क्यालिफोर्निया
  • गोपाल घिमिरे - क्यालिफोर्निया
  • रोसन ढुंगाना - टेक्सास
  • कल्पना दाहाल -क्यालिफोर्निय