https://www.youtube.com/embed/cgEUaF4ONG8

२०१३ मा नेपाल जाँदा बाडेगाउँबाट म आफैले खिचेको यो फोटो

माघ महिनामा धेरै दर्शनार्थी आउने सन्तानेश्वरको भिडियो सहित

Hollywood Khabar January 26,2019 Comments

कृष्ण के सी/अमेरिका

ललितपुर जिल्लाको झरुवारासीमा अवस्थित संतानेश्वर महादेव मन्दिर पछिल्लो दुइ दशकमा धेरै नै चर्चामा छ।

माघ महिनामा धेरै दर्शनार्थी आउने सन्तानेश्वरका बारे थुप्रै किंवदन्ति, विश्वासका कुरा धेरैले बताएका पनि होलान। वास्तविक कुरा त मलाइ पनि थाहा छैन। तर पनि विश्वास र भरोसामा इतिहास खोजिंदैन रहेछ। अनि मैले यति धेरै बर्षसम्म शंतानेश्वरका बारे कहिल्यै इतिहास खोजिनछु।

संतानेश्वरबारे म र हामीले एउटा मात्र कुरा सुनेको र जानेको छ। अर्थात सर्वविधित कुरा के हो भने-सन्तानेश्वरको दर्शन पछि सन्तान हुन्छन, भएका सन्तानमा सद्बुद्धी आउँछ, निरोगी र दिर्घायु हुन्छन भन्ने जस्ता कुरा विश्वास गरिन्छ।

यस क्षेत्रका प्रायजसो नव दंपतिहरु बिहेको भोलिपल्ट सन्तानेश्वरको दर्शन गर्न जान्छन। पछिल्लो वर्षहरुमा गोदावरीको कुण्ड देखि पानी ल्याएर बोलबम यात्रा गर्ने प्रचलन पनि बढेको छ।

आज जनवरी २७, २०१९ आइतबार एका बिहानै विश्व थापाले न्यूयोर्क देखि एउटा फेसबुकमा पोष्ट गरिएको भिडियो इनबक्स गर्नुभयो। कहिल्यै पनि नभेटेका, आपसमा कुराकानी समेत नगरेको र केहि पनि इनबक्स नगर्ने शान्त व्यक्तिवले के चाहिँ पठाए भनेर हेरे।

भिडियो सन्तानेश्वर महादेवका बारेमा रहेछ। मैले उहाँलाइ तुरुन्तै एकै शब्दमा जवाफ दिए, मेरो घर नजिकै हो हजुर शान्तानेश्वर त। जवाफमा पो थाहा भयो, हामी दुबैजना एकैतिरका परेछौ। त्यसपछि कल गरेर केही भलाकुसारी गरियो। अनि मैले यो भिडियो पोष्ट गर्ने श्रय विश्व थापालाइ दिंएँ। सिल्भर सिनेमा इनरटेनमेन्टलाइ यो भिडियो बनाउनु भएकोमा सिंगो टिमलाइ नै मुरी-मुरी धन्यवाद।

यो भिडियोबारे यूट्यूबमा पाइएको जानकारी:

Shree Santaneshwor Mahadev Documentary
Voice Over : Rajendra Dhakal
Cinematography : Bishnu Adhikari
Editor : Rabindra Khadka
Coordinator : Madav Karki
Post : Silver Shine Entertainment