रक गायिका लामाले ओमानका नेपालीहरु माझ तीजको धमाका मच्चाउने

Hollywood Khabar September 04,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली रक गायनमा चर्चाको नाम हो सरस्वती लामा। नेपालका बिभिन्न स्थानमा हुने महोत्सबहरुमा पहिलो प्राथमिकतामा पर्ने गरेकी छन् सरस्वती लामा। आयोजकहरु नै भन्छन चर्चित अरु कलाकारहरुको सो मा ३००/५०० जना हुन्छन तर लामाको सो मा टिकेट नपुगेर बबंडार हुन्छ, स्टेज भरिन्छ र रमाइलो पनि उत्तिकै हुन्छ।

उनी सरस्वती लामाको रक-पप स्वादमा यो पटकको ओमानका नेपाली समुदायहरु रम्ने भएका छन्। नेपाली महिला समूह सालाल्ह, ओमानले तीज पर्व २०१८ को उपलक्षमा ओमानको SALALAH  सिटीमा आयोजित तीज कार्यक्रम भब्य हुने भएको छ।

रक गायिका लामाले यो पटक आफ्नो चर्चित तीज गीत यसपालीको तीज पनि रक मै जम्ने भो (बम बम भोले बम बम), उर्वसी, उडी जाने हावाले, यो छोरीलाई हेर्दा मात्रै नक्कली, पुर्बै अन्नचल पश्चिममा घुम्ने मन छ लाने को छ जास्ता चर्चा कमाएका आफ्नै गीतका साथमा केहि रिमिक्स गीत पनि गाउने कुरा हलिउड खबरसँग बताइन। हंङकङ, मलेसीया, भारतको हिमाञ्चल पछि लामाको नेपाल बाहिर चौथो सो हो।

कार्यक्रमबारे सेप्टेम्बर २१, २०१८, दिनको ३ बजे, अल लुबान प्लेसमा आयोजना गरिएको छ।