स्टेजमा धमाका मच्चाउने रक गायीका सरुलाई मनपर्ने समाजसेवा/ बालबालीकासँग

Hollywood Khabar December 02,2017 Comments

कृष्ण के सी/अमेरिका
करिब एक दशक देखी गयानको सिकाइ पछि २०१५ मा पहिलो एल्बम उत्तर पूर्व लिएर चर्चा बटुलेकी रक गायीका सरस्वती लामाको अर्को मन पर्ने क्षेत्र हो समाज सेवा। 
उसो त एउटा वृद्धाश्राम नै बनाएर सेवा गर्ने लामाको प्रयास जारी नै छ। बेला-बखत सेवामा कहिले बिरामीको लागि कन्सर्ट गरेर फण्ड रेजिङ् गर्ने त कहिले देश-विदेशबाट आफन्तहरु संग आग्रह गरेर सेवा जुटाउने काम गरेको कुरा धेरै छन। 
भर्खरै मात्र पनि सर्लाही जिल्लाको बागमती नगरपालिका अन्तर्गत वडा न ४ र १२ को सुकुम्बासी बस्तीमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा बितरण कार्यमा जानुभयो। यस्तो कार्य गर्दा मनै देखि खुसी लागेको बताउने गायीका स्टेज सोहरुमा पनि ब्यस्त नै हुनुहुन्छ।