-सर्वज्ञ वाग्ले

सर्वज्ञ वाग्लेको उपन्यास पुर्नवास प्रकाशित हुँदै

Hollywood Khabar January 16,2020 Comments

जुवाघर (हाँस्यव्यंग्य), क्यासिनो (कथा संग्रह), युधिष्ठिर (कथा संग्रह), सॉढे (हाँस्य व्यंग्य) गरि ४ वटा कृतिका लोकप्रिय लेखक सर्बज्ञ वाग्लेले आफ्नो नयाँ कृति सार्वजनिक गर्ने तयारीमा छन्। भारतले नेपाल र नेपालीलाईै ज्यादती गरीररहेका बेला उनले पुनर्वास नाम उपन्यास सार्वजनिक गर्दैछन्।

१ फेव्रुअरि २०२० अर्थात माघ १८ गते १२ वजे प्रज्ञा भवनमा उपन्यास पुनर्वासको विमोचन गर्ने तयारी गरिएको छ। बोर्डर, जुवा, देश, समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टा उपन्यास पुर्नवास भित्र पढ्न पाइन्छ।

अमेरिकाको ब्यस्त जीवन शैलीमा पनि भारतीय दादागिरीलाई नेपालमा रहँदा नजिकैबाट नियालेका सवज्ञले उपन्यासका मार्फत भण्डाफोर गर्ने प्रयत्न गर्दैछन्। पुनर्वासको मात्र नभई ग्रेटर नेपाल, लिपुलेक, लिम्पिया धुरा लगायतको नेपालले गुमाएको भूमिलाई समेटेर लेखिएको उपन्यासमा लेखक वाग्लेले बोर्डर, जुवा, देश, समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टालाई यसै उपन्यास मार्फत बाहिर ल्याउने कोशिस गरेको बताएका छन्।