-तस्विर वेव

सरकारले २० हजार मेट्रिक टन चिनी किन्ने

Hollywood Khabar September 18,2019 Comments

२ असोज,काठमाडौं।सरकारले २० हजार मेट्रिक टन चिनी किन्ने भएको छ।मन्त्रीपरिषदले चाडपर्व लक्षित गर्दै  खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गलाई २० हजार मेट्रिक टन  चीनी खरिद गर्नअनुमति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताए। अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्नेगरी स्वीकृति दिइएको छ ।