संविधान दिवसका अवसरमा सरकारले २८२  कैदीलाई जेलमुक्त गर्यो 

0
shares

by Soni Sharma | Updated: 20 Sep 2019

79 views
- राष्ट्रपति विद्यादेवी भण्डारी

३ असोज,काठमाडौं ।सरकारले २६० कैदीलाई बाँकी सजाय कट्टा गर्दै जेलमुक्त गरेको छ भने २२ कैदीलाई माफी दिएको छ ।संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कैदीलाई सजाय माफी दिएकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २६० जना कैदीको बाँकी सजाय कट्टा गरेको र  २२ जना कैदीको कैद सजाय माफी दिएकोराष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।