-राष्ट्रिय सभाका सांसद  प्रकाश पन्थ

दुइ तिहाइको नाम ,सत्ता टिकाउने मात्र काम -सांसद पन्थ

Hollywood Khabar November 05,2019 Comments

२१कार्तिक,तनहुँ।राष्ट्रिय सभाका सांसद  प्रकाश पन्थले तिनवटै तहमा नेकपाको शक्तिशाली सरकार भएपनि दुइतिहाइ सरकारले  काम भन्दा सत्ता टिकाउने खेल मात्र रचेको छन् । बुधबारदेखि तनहुँमा सुरु भएको चौथो आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवलाइ सम्बोधन गर्दै सांसद पन्थले तिनै तहमा  यौटै पार्टीको नेतृत्व हुनु दुर्लभ सुनौलो अवसर हो भन्दै  यति शक्तिशाली बर्तमान सरकारले   खुरुखुरु काम गर्नुपर्नेमा काम भन्दा सत्ता टिकाउन तिर लागेको बताएका हुन्।

सांसद पन्थले संबिधान बनेपनि सबैदलको बिचार नमिल्दा कार्यन्वयन गर्न ढिलाई हुँदा जनतामा  नैरास्यता छाएको बताएका छन्।सांसद पन्थले महोत्सव सफलताको कामना गर्दै आदिबासी जनजातिको संस्कृति राष्ट्रको गहना  भएको बताए। नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा भएको  महोत्सव कार्तिक २० गते देखि कार्तिक ३० गतेसम्म संचालन हुनेछ ।