-भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल

भूमाफिया विरुद्ध सरकारको प्रहार : हडपेका जग्गा फिर्ताहुँदै

Hollywood Khabar January 22,2020 Comments

१० माघ काठमाडौँ।सरकारले भूमाफिया विरुद्ध कडा कदम चाल्ने भएको छ।सरकारले  बिभिन्न ९ ठाउँको सरकारी तथा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गरेका भूमाफियाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । सरकारले भूमाफियाले  हडपेका जग्गा फिर्तागर्नका लागि चारवटा निकायलाई  पत्र लेख्ने भएको छ ।नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषद्ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको विषयमा गठित जाँचबुझ आयोगको पहिलो चरणको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई जिम्मेवारी दिने निर्णय भएको बताए ।

आयोगले सरकारलाई बुझाइसकेको प्रारम्भिक प्रतिवेदन हेरेपछि सरकारले जग्गा अतिक्रमणका क्रममा भ्रष्टाचार भएको देखिएका फाइलहरू अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको हो ।गुठीका जग्गा अतिक्रमण भएकामा छानबिनका लागि सरकारले गुठी संस्थानलाई निर्देशन दिने निर्णय गरेको गर्दै सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएकामा बदर गर्न सम्बन्धित मालपोत कार्यालयबाट कारबाही अघि बढाइने भएको हो।तेस्तै किर्ते र ठगी गरेर जग्गा अतिक्रमण गरेको भए गृह मन्त्रालयले प्रहरी मुख्यालयमार्फत केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मेवारी दिंदै  अख्तियारबाहेकका अरू निकायले गर्ने कारबाहीको प्रगति विवरण ३र३ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाउनुपर्ने निर्णय समेत भएको छ ।

सरकारले बाँकेको बागेश्वरी गुठी र पुनर्वास कम्पनी, मकवानपुरको बाघभैरव सामुदायिक वन, रौतहटको सुकुम्बासीका नामको, भोजपुरको बुट्यान, सुनसरीको सर्दु जलाधार क्षेत्र, काठमाडौंको लक्ष्मीनारायण मन्दिर गुठी, रुपन्देहीको लक्ष्मीनारायणमठ र सर्लाहीको हजारियाको जग्गा फिर्ता प्रक्रिया अघि बढाइएको हो ।