तस्बिर साभार वेब

सर्केटारी पञ्चासे ग्रामिण सडक उद्घाटन

Hollywood Khabar September 09,2019 Comments

२४ भाद्र स्याङ्जा।स्याङ्जा जिल्लाको फेदिखोला गाँउपालिकामा पर्ने सर्केटारी पञ्चासे ग्रामिण सडक बनेको छ।धार्मिक तथा पर्यटकिय महत्वको पञ्चासे धाम जाने सबै भन्दा छोटो दुरीको उक्त सडक मार्गको भिर खण्डमा ट्रयाक खोल्ने उद्देश्यका साथ निर्माण भएको उक्त सडक खण्डको  गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले उद्घाटन गर्नु भएको हो।घण्टै घुमेर यात्रा गुर्नुपर्ने बाध्यता रहदै आएकोमा अव भने सहज हुने भएको स्थानिय बताउछन् ।

यो सडक निर्माणसँगै फेदिखोला गाँउपालिकाका दुर्गम गाँउ गल्याम रापू खामले गुन टुटे क्षेत्रका स्थानियहरुलाइ घण्टै हिडेर यात्रा गर्नुपर्ने बाध्यता हटेको आयोजना निर्माण समितीका अध्यक्ष मेजर दिल बहादुर गुरुङ् बताउछन् ।

स‌घ प्रदेश र स्थानिय तह गरी तिनै तहका सरकार हुदाँ समेत जनताले रकम उठाएर सडक खन्ने कामको उच्च प्रशसा गर्दै अव सडक खन्नका लागि स्थानिय जनताले चन्दा उठाउनु नपर्ने र यो सडक निर्माणको जिम्मा प्रदेश सरकारले लिने बताउनु भयो ।