https://www.youtube.com/embed/CQHJS04f6P8

-विकास थापाको शब्द रचनामा सरोज खनालको अभिनय रहेको हावाको झोँका बजारमा

विकास थापाको शब्द रचनामा सरोज खनालको अभिनय रहेको हावाको झोँका बजारमा

Hollywood Khabar April 11,2019 Comments

सर्वज्ञ वाग्ले/क्यालिफोर्निया/अमेरिका

कवि, लेखक तथा गीतकार विकास थापाको शब्द रचना रहेको आधुनिक गीत हावाको झोँका नव बर्ष २०७६ को शु-आरम्भसँगै बजारमा आएको छ।

बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको उत्कृष्ट संगीत संयोजन रहेको यस गीतमा बरिष्ठ तथा लोकप्रिय गायक रामकृष्ण ढकालको कर्ण प्रिय स्वर रहेको छ। कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायाँकन पनि हेमप्रभास कै निर्देशनमा तयार भएको हो। भने यस गीतको छायाकार मुकेश हुमागाई हुनुहुन्छ ।

चार मिनेटको छोट्टो समय भित्रमा गीतको भावअनुसार एउटा परिवारिक घटना क्रमलाई सुरुदेखि अन्तसम्म निक्कै यथार्थ परक र कारुणिक ढंगले अहिले हामी बाँचेको समाजको यथार्थलाई जिवन्त तर भिन्न भावमा उतारिएको छ । यस गीतभित्र बाबुको भुमिकामा बरिष्ठ नायक सरोज खनाल , आमाको भुमिकामा कवयित्री रिमा के सी, छोराको भुमिकामा सुजन थापा र छोरिको भुमिकामा सविना आचार्यको उत्कृष्ट अभिनय रहेको छ ।यो गीत छुट्टै पृष्ठभुमिबाट उठेर देश र समाजको लागी शन्देस मुलक पनि बनेको छ ।

एउटा परिवारमा आमाको भुमिका कति महत्वपुर्ण हुन्छ।मातृशोकबाट बालबच्चाको मतिष्कमा कस्तोसम्म नकरात्मक प्रभाव पर्न जान्छ । मातृशोकको पीडालाई भुल्न बालबच्चालाई कति गाह्रो हुन्छ र किशोर भएपछि पनि बच्चाहरू कसरी कुलतमा फस्न पुग्छन् र अन्तमा एउटा बाबुको स्थिति कतिसम्म दयनिय हुन पुग्छ त्यसलाई सजिव ढंगले उतारिएको छ । तसर्थ गीतभित्र मर्मस्पर्शि पारिवारिक कथा र भाव छ । हामीले भोग्दै आएको अहिलेको समाज, नियतिले मानिसलाई दिन सक्ने पीडा, आधुनिकतावादले निचारी रहेको हाम्रो समाजिक पीडा।

एउटा सुखी र समृद्ध परिवारले एकाएक सहनु परेको बज्रपात ।श्रीमतिको मृत्यु शोकमा डुबेको एउटा श्रीमान। आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका आफ्नै छोरा छोरी। एउटा बाबुले जीवनमा स्वीकार्नु पर्ने बाध्यताहरू। संघर्षशील बाबुका तुषारपात भएका लाखौ सपनाहरू। यो चार मिनेटको गीत भित्र एउटा पुर्ण सिनेमाको कथा बस्तुलाई समेटिएको छ । तसर्थ यो गीत अहिले बजारमा आएका यावत प्रकारका गीत बाट माथि उठी एक शन्देस मुलक पनि बनेको छ ।

एउटा गीत भित्र शब्द , संगीत र स्वरको उच्चतम संयोजन हुनको साथै अहिलेको यूगमा चलदृष्यको पनि उतिकै संयोजन हुन जरुरी छ तव मात्र एउटा गीत पुर्ण बन्छ । यस गीतभित्र शब्द, संगीत र स्वरको त्रिकोणीय सन्तुलन अदभुत रहेको छ भने परिकल्पना, स्क्रिप्ट र छायाँकन पनि निक्कै उत्कृष्ट छ।

यो गीत मात्र नभई एक ईश्वरीय भाव पनि अभिब्यक्त छ। यो गीत सुन्दा र हेर्दा मानिसको मतिष्कलाई गीतको गहिराईसम्म सहजै पुर्याउँछ । मेलवा देवी गुरुड्गको “सवारी मेरो रेलैमा देखी रामकृष्ण ढकालको यो युगसम्म आईपुग्दा नेपाली गीत सँगीतले धेरै आरोह अवरोहरू पार गरिसकेको छ।

बर्तमान समयमा केही सुस्ताऊन पुगेको सुगम गीत सँगीतलाई यस गीतले पक्कै पनि नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने छ । नेपाली सुगम गीत सँगीतको क्षेत्र यस गीतको प्रसिद्धि सँगै फेरी पनि एकपल्ट जुरमुराउने छ ।