https://www.youtube.com/embed/ny8gS-54yIM

-सरु गुरागाइको मन छुने कोरोना कविता

सरु गुरागाइको मन छुने कोरोना कविता

Hollywood Khabar April 29,2020 Comments

कृष्ण के सी/अमेरिका/४/२९/२०

सरु गुरागाईंले कोरोना भाइरस रोग अर्थात कोभिड १९ का बारेमा अत्यन्तै मार्मिक रुपमा वाचन गरेको एउटा कविता यहाँ प्रस्तुत गरिएको छ।

अमेरिकाको कुनै शहरमा बस्ने एक अपरिचित व्यक्तिले वाचनको गरेको भिडियो मेरो इनबक्समा आइपुग्यो। त्यो पनि नेपाल देखि मेरो घर परिवारकै सदस्यबाट। मैले सबै सुनेर प्रतिकृया दिएँ। जवाफ आयो यो कविता वाचन गर्ने मान्छे अमेरिकामा नै हो रे। म अचम्मित भएँ।

धन्य सामाजिक संजाल, सर्च गरेर वाचन र फेसबुक प्रोफाइल अनि केहि पोष्ट हेरे। त्यहाँ थुप्रै चिनेका अनुहरहरु साथीहरु थिए। उहाँका केहि कविताहरु पनि थिए। सबै होइन केहि र्याण्डम्लि हेरे। जुन कविता मैले खोजेको हो त्यो पनि पाइयो।

त्यसपछि उहाँलाई भिडियो इनबक्स गरे, यो भिडियो कविता तपाइको हो भनेर सोधें। जवाफ सकारात्मक आयो। म धेरै खुशी भएँ, एउटा दिलछुने कविता गाउने सर्जक चिनेकोमा। मैले मेरो न्यूजपोर्टलमा पोष्ट गर्ने अनुमति मागे। उहाँले मलाइ यूट्यूब लिंक दिनुभयो।

यहाँ तपाइहरु सबैको लागि कवि कमल कोइरालाको कविता सरु गुरागाईंले वाचन गरेको भिडियो पोष्ट गरेको छु। अझै पनि मैले उहाँलाई चिनेको छैन। तर उहाँको वाचन सुनेर म टक्क रोकिएँ। उहाँको साहित्य वाचनको यात्रा निरन्तरताको लागि कामना गर्दछु।