-साङ्केतिक तस्बिर साभार वेब

नाबालकले बलात्कार गरे बाबुआमाले क्षतिपूर्ति तिर्नुपर्ने !

Hollywood Khabar February 13,2020 Comments

३,फागुन,काठमाडौं।अवदेखि नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरि नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाको सम्पत्तिबाट क्षतिपूर्ति भराउने र बाबुआमाको नाममा सम्पत्ति नभए पीडित राहत कोष वा सरकारबाट भराउनुपर्ने बाध्यकारी निर्णय गरेको हो।

सर्वोच्चले चितवन दिव्यनगरका १४ वर्षीय एक नाबालकले आठ वर्षीया नाबालिकालाई बलात्कार गरेको केशमा सर्वोच्चबाट यस्तो नयाँ नजिर स्थापित गरेको हो। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फँयालको संयुक्त इजलासले गरेको यो फैसलासँगै भविष्यमा नाबालकबाट नाबालिकामाथि हुने बलात्कारका मुद्दामा नयाँ मापदण्ड निर्धारण हुनेछ।