साङ्केतिक तस्बिर:साभार वेब

सौताले गरिन धारिलो हतियार प्रहार गरी सौताको हत्या

Hollywood Khabar November 12,2019 Comments

२७ कार्तिक मलंगवा।सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरमा एक महिलाले धारिलो हतियार प्रहार गरी सौताको विभत्स हत्या गरेकी छन्।शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेकी हुन्।पराल काट्ने फलामको धारिलो हतियारले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिएका छन्। 

खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो चोट लागेको छ।घरमा बुढी सासू भएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेको हो। जेठीको सन्तान नभएपछि श्रीमान बलालले ३ महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेको थियो। ३ दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए। 

हत्या गरेर शवलाई बोरामा हालेर घर नजिकै फालेको अवस्थामा बरामद भएको हो। घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले कोरैसालाई लुकेको छिमेकीको घरबाट भाग्न खोज्दा पक्राउ गरेको हो।हत्या गरेर भित्रबाट घरका ढोका बन्द गरि कोरैसा घतबाट भागेर घिमेकीको घरमा लुकेर बसेकी थिइन्। प्रहरी आएको खबर सुन्न साथ त्याहाबाट भाग्दै गर्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए।  

हत्यामा प्रयोग गरिएको हतियार भर्यातङ मुनि लुकाएको अवस्थामा बरामद भएको छ। छिमेकीका अनुसार कोरैसा र खुर्सिदाबीच पटक–पटक झगडा हुने गरेको थियो। हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।