तस्बिर साभार वेब

सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु

Hollywood Khabar February 11,2020 Comments

१ फागुन काठमाडौँ । सवारी दुर्घटनामा परि नायिका महिमा सिलवालको मृत्यु भएको छ । लु २ ख १३५ नम्बरको बसले बुधबार साँझ नायिका सिलवाल ९८ प ७०५८ नम्बरको सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिँदा यनको मृत्यु भएको हो ।उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको बस्नेतले बताए ।