NRNA अमेरिकाको वाशिंङ्गटन-सियाटल च्याप्टर टिचिङ्ग च्याप्टर पक्कै हुन्छ

Hollywood Khabar May 01,2017 Comments

कृष्ण के सी 

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आगामी २०१७-२०१९ बाट सुरु हन लागेको वाशिंङ्गटन स्टेट च्याप्टर कसरी बन्ने र कस्तो हुने भन्ने बारेमा माइक्रोसफ्टको १५० वटा बिल्डिंग भएको क्षेत्रभित्रै तिनै मध्येको एक बिल्डिंगको हलमा आयोजित भेलामा जानकारी गराइयो।

एप्रिल ३०, २०१७ का दिन वर्तमान फोकल पर्सन तथा माइक्रोसफ्टमा लामो समय देखि काम गर्दै आउनुभएका नविन खनालले सो भिजन प्रस्तुत गर्नु भएको हो। कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की, गैर आवासिय नेपाली संघ अमेरिकाज क्षेत्रका संयोजक सोनाम लामा, सोही क्षेत्रका उपसंयोजक तथा नेपाल सरकारका अवैतनिक बाणिज्यदुत एसी शेर्पा, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अध्यक्ष डा केशब पौडेल, उपाध्यक्ष डिल्ली भट्टराई समेत लगायत थुप्रै नेपालीहरु उपस्थित हुनुहुन्थ्यो।

जानकारीमा संस्थाको छोटो परिचय, अब बन्ने च्याप्टरले २ र १० वर्षमा कसरी काम गर्ने भन्ने भिजन प्रस्तुत गरियो। सामान्य बिषयमा-हरेक तीन महिनामा बैठक बस्ने, तेस्तो बैठक कसैको घर या रेष्टरांमा बसिने छैन।कित पब्लिक लाइबेरी या अन्य यस्तै हलहरुमा बसिने छ। अबको एक महिनामा अर्को पब्लिक बैठक बसिनेछ र संस्थाको निर्वाचन प्रक्रिया सुरुभए पछि सो अनुरुप च्याप्टर गठन प्रक्रियामा जानेछ। 

बनेको च्याप्टर र पब्लिक बैठकमा सकारत्माक सुझाब मात्र दिइनेछ, एउटा उत्कृष्ट च्याप्टर बनाइने छ र सबै च्याप्टरहरुले सिक्न आउने सम्मको बातावरण हुनेगरी काम गरिनेछ। स्थानिय संघ-संस्थाको समन्वय र नेपाली समुदायको लागि एनआरएनको प्रतिनीधि हुनेगरी नीतिगत र ब्यबसायिक नेपाली समुदाय बनाउने काम गर्नेछ। ब्यबसाय, शिक्षा, डाटा सिस्टम लगायत थुप्रै कार्यहरु गरिनेछन। हरेक तीन महिनामा सम्पुर्ण सदस्य र संघ-संस्थाहरुलाई अपडेट गर्ने इ-बुलेटिन पठाइनेछ। ठीक समयमा बैठक तथा कार्यक्रम सुरुगर्नु र ठीक समयमा समापन गर्नु पहिलो उधेश्य रहने छ। बैठकमा भोज, खाना र पिना हुनेछैनन। फर्मल रुपमा बसिनेछ, छलफल गरिनेछ, सकारात्माक सुझाव दिने र समयमा समाप्त गरि सबैजना बाटो लाग्नेछन।

हेर्दा यो हाँसो उठ्ने या कुन ठूलो कुरा हो र जस्तो लागे पनि यो नै हालको नेपाली समुदायको पहिलो सिकाइ हुनेछ। अनावश्यक विवाद र कामका बिषयमा भन्दा दारुपानी अनि भोजमा बढी समय बितेको भेटघाट र बैठक ब्यबसायिक रुपमा जानेछ। विवाद हुने छैन, चित्त नबुझ्ने, अझै उत्तम विचार हुनेले या विकल्प दिनेले योजना सहित दिनुपर्छ।  प्रस्तुत बिषयमा सफल बनाउने खालको सुझाव र राय दिनुपर्छ अन्यथा चुप बस्नु बुद्धिमानी हुनेछ। उहाँहरुको योजना भनेको पिक्निक, चाड होइन आम नेपाली समुदायलाइ सफल, ब्यबसायिक र खुसी बनाएर एउटा राम्रो समुदायको रुपमा लैजाने हो। 

हाल सम्म एनसिसिले दिन नसकेको योजना यो च्याप्टरले दिएको छ। सुरु हुनुपूर्व नै योजना गरेको छ, अझै पब्लिक बैठक बसेर योजनाको अन्तिम रुप दिनेछ अनि सफल हुने विश्यस्त आधार दिएको छ। म आफु planning, monitoring and evaluation मा डेढ दशक बिताएको व्यक्ति भएकोले पनि यो तरिका अरु संघ-संस्थालाइ पनि सिकाइको कुरा हुनेछ भन्ने विश्वाश छ। 

यो पटक कसले के बोले भनेर समाचार लेख्न मन लागेन, अर्थ पनि देखिन। महामहिम राजदूत डा कार्कीको आफु अस्थाई राजदुत तर तपाइहरु सबै स्थायी राजदुत भन्ने कुरा मात्र फरक थियो बाँकी त्यो कुनै नौलो थिएन। प्रसंसाको बिषय चाही बन्नेवाला च्याप्टरको योजना नै थियो।

कतिपय च्याप्टरहरुले आफुलाई स्वतन्त्र र विभिन्न पद समेत सृजना गरेर प्रमाण पत्र समेत वितरण गर्ने, आवश्यक भन्दा भद्रगोल र गोलमटोल गर्ने, योजना भन्दा खादा ओडाउने जस्ता उपलब्धि र प्रसंसनिय काम गर्न नसकेको अवस्थामा यो बन्नेवाला च्याप्टरको प्रयास राम्रो हो। हुन त केही च्याप्टरहरु मिसिगन, ओरेगन लगायतले अरु प्रसंसनिय काम गरेका छन्। आगामी दिनमा सबै च्याप्टरहरुले कामको योजना गरुन, गफ र पदको होइन, अराजक होइन बिधि-बिधानको कुरा गरुन। 

जय एनआरएन !