तस्बिर साभार वेब

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनको बिषयमा लेखा समितिमा छलफल सुरु

Hollywood Khabar February 19,2020 Comments

८ फागुन काठमाडौँ।सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक बाहिरिएपछि अहिले राजनितिमा तरंग पैदा भएको छ। सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको हो।

यसैबिच संसद्को सार्वजनिक लेखा समितिमा सञ्चाकर तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा छलफल सुरु भएको छ।लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्चा्र मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएका छैनन्।उनी विभिन्न कार्यक्रमका लागि कञ्चोनपुर गएको बुझिएको छ।छलफलमा उपस्थित हुन नसक्नेन भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था तर मन्त्री बाँस्कोटा भने पूर्वजानकारीबिना नै बैठकमा अनुपस्थित भएका हुन्।