अब सेल्फी फोटो २०१७ कन्टेस्ट हुने

Hollywood Khabar April 23,2017 Comments

एक्टर नेपाल नेटकर्व प्रा.लि.ले सेल्फी फोटोमा रमाउने युवा पुस्तालाई लक्षित गरेर सामाजिक सञ्जालमा ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ आयोजना गरेको छ। 

यस प्रतियोगीताको विजेता आगामी जेठ १५ गते घोषणा हुने छ। प्रतियोगीले पठाएको सेल्फी फोटो ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ को अफिसियल फेसबुक पेजमा राखिने छ जसको लाईक, कमेन्ट र सेयर बढि हुन्छ उसलाई विजेता घोषणा गरेर आर्कषक पुरस्कारका साथमा गिफ्ट दिइने आयोजक संस्थाले जनाएको छ। 

यो प्रतियोगितामा विश्वमा रहेका नेपालीहरुले जुनसुकै मोवाइलबाट सेल्फी फोटो खिचेर ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ फेसबुक पेजमा समेत पठाउने सकिने छ। फोटोमा लाईक गर्दा अनिवार्य रुपमा पेजमा पनि लाईक गर्नु आयोजक संस्थाले जनाएको छ।