Nepali Singer Selina Kunwar

दिलरानीको मस्त जवानी भन्दै उदितसँग गाउने सेलिना मलेसिया र सिंगापुर जाँदै

Hollywood Khabar May 21,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२२/१९

आफ्नै जिल्ला सदर मुकाम आउन भारततीय बाटो भएर आउनु पर्ने चितवन र पर्साको सिमाना पर्ने ठोरीमा जन्मेकी सेलिना कुँवर बिस्तारै चर्चित हुन्दैछिन।

उमेरले धेरै नपुगेकी सेलिना कुँवर आजकल गीतबाटा चर्चामा आउन थालेकी छन्। उसो त सेलिनाको भ्वाइस प्याट्रन रक-पप होइन तर पनि सबैखाले गीत गाउछिन उनि। धेरै जसो उनका गीतहरु भोजपुरी र मैथिली छन। नेपाली गीतहरु र फिल्मी प्लेब्याक पनि चर्चामा आएको छ।

राजेश पायल राइसंग गाएको सेलिनाका थुप्रै गीतहरु रेकर्ड भैसकेका छन। पछिल्लो पटक भने नेपाली चलचित्र नेप्टेको शिर्ष गीत दिलरानी चर्चामा आएको छ। यो गीतमा उनले चर्चित गायक उदित नारायण झासंग भोकल शेयर गर्ने मौका पाइन्। कुमार सानु र अन्य चर्चित गायकहरुसंग स्वर शेयर गरेकी कुँवर बिस्तारै स्थापित गायिका भएकी छन्।

सेलिनाका प्राय गीतहरु मुम्बाईमा रेकर्ड हुने गरेका छन्। उताको म्यूजिक एरेन्ज अलिकति राम्रो हुन्छ उनले हलिउडखबरसँग भनिन। बिस्तारै सेलिना स्टेजहरुमा पनि ब्यस्त हुँदैछिन। देशभित्र मात्र होइन यो पटक सिंगापुर र मलेसिय जाँदै गरेको कुरा पनि उनले बताइन। यसबाहेक थुप्रै गीतहरु रेकर्ड हुँदै गरेको र जुनमा नै थप ३ गीत आउँने गयारी भएको कुरा पनि उनले बताइन।

उनको दिलरानी गीत सुन्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.youtube.com/watch?time_continue=1&v=z87aAvRRqfU

सेलिनाको अघिल्लो समाचार:

https://hollywoodkhabar.com/selina-udit-dilrani