https://www.youtube.com/embed/ahGb3_dTWhU

गायीका सेलिना कुँवरलाई हिम्मत भएको ह्याण्डसम पोइ चाइयो

गायीका सेलिना कुँवरलाई हिम्मत भएको ह्याण्डसम पोइ चाइयो

Hollywood Khabar August 03,2020 Comments

हलिउडखबर/अमेरिका/८/४/२०

मेलोडी, मैथिली, भोजपुरी गीतमा चर्चा कमायेकी गायीका सेलिना कुँवरले आफूलाई हिम्मत भएको ह्याण्डसम पोइ चाहिएको कुरा हलिउडखबरलाइ बताइन।

नेपाली नारीहरुले मनाउने तीजपर्वको संघारमा पुगेर गायनमा चर्चित कमाएकी गायीका सेलिना कुँवरलाई समेत तीजको रन्को लागेको छ। कुँवरको यो तीजमा खोज्नु छ मलाई ह्याण्डसम पोइ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। उनको गीतको भिडियो बेस म्युजिक नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ। गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ। उसो त गीतका रचनाकार पौडेल गायक पनि हुन उनको केही समय पहिले बजारमा आएको मेरा काला दारी गीत आहिले चर्चाको शिखरमा छ।

भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन्। साजसज्जामा अनिताले सघाएकी छिन्। नेपाली महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ।