-तस्विर जनसम्पर्क तथा सूचना निर्देशनालय

नेपाली सेनाको आठौं लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

Hollywood Khabar September 18,2019 Comments

२ असोज काठमाडौं।नेपाली सेनाले आठौं लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।भदौ ३० गतेदेखि आश्विन २  गतेसम्म जंगी अड्‍डामा संचालन भएको आठौं लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रमको बिहिबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले समापन गरेका छन् ।

समापन कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले सेमिनार तथा अन्तरक्रियामा संक्रमणकालिन न्यायिक संयन्त्र, वैज्ञानिक अनुसन्धान पद्धती, कानूनी मस्यौदाको नीति, सिद्दान्त र व्यवहार, राष्ट्रिय सुरक्षा नीति अवधारणा र दुष्कृति सम्बन्धी कानून तथा न्यायसँग सम्बन्धित विषयका  विज्ञहरुबाट प्राप्तज्ञानले  प्राड अधिकृत तथा पदिकहरुको पेशागत दक्षता अभिवृद्वि हुने बताए।

प्रधानसेनापति थापाले संक्रमणकालिन न्याय सम्बन्धी स्थापित मूल्य मान्यतालाई मध्यनजर राखी संक्रमणकालिन न्याय व्यवस्थालाई टुङ्गोमा पुर्‍याउनको लागि प्राड विवाकले समन्वयकारी भूमिका निर्वाह  गर्दै सेमिनारबाट प्राप्त भएका थप ज्ञान तथा अनुभवहरुलाई संस्थागत हितको लागि प्रयोग गरि सांगठनिक सुदृढीकरणमा  योगदान दिन निर्देशन दिएका थिए ।
 
नेपाली सेनाका सबै पृतना हेड क्वार्टर तथा बाहिनी अड्‍डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरु सम्मिलित उक्त सेमिनारमा विषयविज्ञ विष्णु सापकोटा तथा केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक पशुपति कुमार रायको समेत प्रस्तुतीकरण रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ  ।