तस्बिर साभार वेब

सेनाले गर्यो−राष्ट्रिय प्रजातन्त्र दिवस तथा नेपाली सेना दिवसको अवसरमा चित्रकला कार्यशाला

Hollywood Khabar February 18,2020 Comments

८ फागुन कास्की।सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराले राष्ट्रिय प्रजातन्त्र दिवस तथा नेपाली सेना दिवसको अवसर पारी चित्रकला कार्यशाला सम्पन्न गरेको छ।महाविद्यालयमा कक्षा छ देखि १२ कक्षासम्म अध्ययनरत दर्जनौं छात्रछात्रा सहभागी कार्यक्रम राष्ट्रिय व्यङ्ग्य चित्रकार दुर्गा वराल वात्स्यायनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो। 

चित्रकलाको माध्यमबाट विद्यार्थीहरूको आन्तरिक प्रतिभा उजागर गराई प्रतिकात्मक सन्देश प्रवाह गराउने उद्देश्यकासाथ आयोजित कार्यशालामा महाविद्यालयका सैनिक सम्पर्क अधिकृत सेनानी गोकर्ण देवकोटा, प्रिन्सिपल राजेन्द्र लाखे, चित्रकला शिक्षकलगायतको उपस्थिति रहेको थियो ।