-प्रधानसेनापतिको नेतृत्व संवाद कार्यक्रम

प्रधानसेनापतिको नेतृत्व संवाद कार्यक्रम सम्पन्‍न  

Hollywood Khabar November 15,2019 Comments

३०,कार्तिक,काठमाडौं ।नेपाली सेनाका ऐन, नीति-नियम, नियमावली, आदेश र निर्देशनहरुलाई थप स्पष्ट पार्न नेपाली सेनाले सबै तहका नेतृत्व तथा स्टाफ तहका अधिकृतहरुलाई जंगी अड्डामा प्रधानसेनापतिको नेतृत्व संवाद कार्यक्रम संचालन भएको छ।प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको उपस्थितिमा उक्त भएको कार्यक्रममा प्रधानसेनापति महारथी थापाको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, पृतना, निर्देशनालयका पतिहरु र स्टाफहरुको उपस्थितिमा संचालन भएको थियो ।
 
सबै तहका नेतृत्व तथा स्टाफ तहका अधिकृतहरुलाई नेपाली सेनाका ऐन, नीति-नियम, नियमावली, आदेश र निर्देशनहरुलाई थप स्पष्ट पार्न तथा विभिन्‍न अवस्था र परिस्थितिमा ती नियम कार्यान्वयनमा हुन सक्ने दुविधालाई हटाउन मद्दत पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम दोस्रो   संचालन भएको हो।कार्यक्रममा स्वार्थका द्वन्द्व (Conflict of Interests), अधिकारको दुरुपयोग (Abuse of Authority) र यौनजन्य शोषण र दुर्व्यवहार (Sexual Exploitation and Abuse) जस्ता आचरण सम्बन्धी विषयहरु समावेश गरी संचालन गरिएको थियो ।

सैनिक आचरण, अनुशासन, नैतिकता र मुल्यमान्यता (Values and Standard) मा थप कटिवद्ध भई दिइएको जिम्मेवारीलाई पालना गर्न उच्च हौसला र प्रेरणा गतबर्ष यस्तै कार्यक्रम संचालन गरिएको सेनाले जनाएको छ ।सेनाले आगामी चैत भित्र सेनाको प्रत्येक अंगको तल्लो तहका नेतृत्व तथा स्टाफ तहसम्मका सम्पूर्णलाई समावेश नेतृत्व संवाद कार्यक्रम गर्नेपनि जनाएको छ।

प्रधानसेनापतिबाट सुरु भई नेपाली सेनाका तल्लो तहका नेतृत्व तथा स्टाफहरु बीच खुल्ला अन्तरक्रिया गराई संचालन गरिने नेतृत्व संवाद कार्यक्रमले सबै नेपाली सेनालाइ आर्थिक अनुशासन,पूर्ण पारदर्शिता र जिम्मेवारी तथा ईमान्दारी बनाउन बनाउन सहयोग पुर्‍याउने विश्‍वास नेपाली सेनाले लिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ।