-नेपाली सेनाको‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’

नेपाली सेनाको ‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’ सम्पन्न 

Hollywood Khabar January 26,2020 Comments

१४,माघ,काठमाडौं।नेपाली सेनाको‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’ सम्पन्न भएको छ।प्रधानसेनापति पूर्णचन्द्र थापाले भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेतमा आयोजित सम्मेलन  एक विशेष कार्यक्रमकाबीच   सम्बोधन गरेका हुन्।  सोमबार सम्पन्न सम्मेलनको समापन गर्दै प्रधानसेनापति थापाले नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीलाई अडिग र अविचलित रहँदै पुर्खाको रगत, पसिना र बलिदानबाट प्राप्त नेपाली सेनाको गौरवमय इतिहासलाई जीवन्त राख्‍न सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेको र रहनु पर्ने बताए।

प्रधानसेनापति थापाले सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेकोभन्दै अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याएको सेवा र समर्पणको यथोचित सम्मान गरिने बताए। “शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार” भन्‍ने मूल नाराका साथ सञ्चालन भएको सम्मेलनमा नेपाली सेनाका १४५० जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागिता रहेको थियो ।