-Krishna KC

सेवा के हो त ?

Hollywood Khabar July 19,2019 Comments

कृष्ण के सी/अमेरिका/७/२०/१९

केहि दिन पहिला मैले धर्म के हो भनेर एउटा बिचार हलिउडखबरमा पोष्ट गरेको थिएँ। सो बिषयमा थुप्रै सुझाव आए।

आज भने सेवा के हो त भन्ने बिषयमा गरेको अध्ययन र बिमर्शका आधारमा केहि उलेख गर्ने प्रयास गरेको छु। समाजमा सेवाको अर्थ पुण्य र धर्म कमाउने भन्ने हो। यसबाट मनमा शान्ति, समामा प्रतिष्ठा र जीवनमा यशस्वी मिल्दछ।

सेवामा दिने कुरा अनगिन्ति छन् तर सेवाबाट पाउने कुरा केवल तीनवटा मात्र छन्, शान्ति, प्रतिष्ठा र यशस्वी। सेवाको प्रतिफल सन्तान र दर्शन्तानले समेत भागिदार भएर पाउँछन्। यसलाई यशस्वी भनिन्छ। सेवा गर्दा सबैले पुज्य रुपमा हेर्दछन यो नै सामाजिक प्रतिष्ठा हो अनि सेवा दिएपछि आउने आनन्द र खुशी नै मनको शान्ति हो।

त्यसैले नेपाली आख्यानमा एउटा कुलंघार जन्मिए सात पुस्ता पिर्छ र एउटा धर्मी जन्मिए जुगौं कहलाउँछ भनिन्छ।

मेरो बुझाइमा एउटा पवित्र मन लिएर कसैप्रति आरिश, आरोप, प्रतिरोध र प्रतिशोध भन्दा बाहिर रहेर भगवानपति आस्था राख्दै आवश्यकतामा परेकालाई दिने सहजतालाइ सेवा भनिन्छ। यो एउटा अरुको भलाइ या लोकको लागि गरिने कामलाइ पनि हो सेवा।

सेवामा भाव भरिएको हुन्छ। भावनाबाट आएपछि मात्र मान्छलेले सेवा गर्छ। त्यसैले सेवा सबैले गर्दैनन्। जसको भावनाले कुरा बुझ्दछ उसले मात्र सेवा गर्छ। हिन्दू पुरातन या भनौं पूर्वीय दर्शनमा अरुको कामका लागि निस्वार्थ रुपले काम गर्नु नै सेवा हो। यो हृदयबाट आउने हुनाले यसलाई सेवा भनिएको हो।

*******

धर्म के हो त ? गत महिना मैले फेसबुक वालमा गरेको सर्वे सहित छोटो विवेचना
https://hollywoodkhabar.com/dharma-krishna-kc19