-COVID-19:सान फ्रान्सिस्को बे एरियाका ६ वटा काउण्टीद्वारा ३ हप्ता घरमा नै बस्न आदेश

COVID-19:सान फ्रान्सिस्को बे एरियाका ६ वटा काउण्टीद्वारा ३ हप्ता घरमा नै बस्न आदेश

Hollywood Khabar March 15,2020 Comments

कृष्ण के सी/अमेरिका/३/१५/२०

COVID-19 प्याण्डेमिक कोरोना भाइरसको संक्रमतिको संख्या र मृत्यू हुनेको संख्या बढे संगै सान फ्रान्सिस्को बे एरियाका ६ वटा काउण्टीहरुले संयुक्त रुपमा स्टे शेल्टर अर्थात घरमा नै बस्ने आदेश दिएका छन्।

हिजो राति अर्थात मार्च १५, २०२० मा बसेको ६ वटा काउण्टीहरुको बैठकले गरेको निर्णय अनुसार आज मार्च २६, २०२० मध्ये राति देखि लागु हुने गरि ६ वटा काउण्टीका बासिन्दाहरुलाई घरमा नै बस्न आदेश दिइएको छ। अप्रिल ७, २०२० सम्म लागु हुने गरि जारी गरिएको यो सल्लाह होइन निर्देशन हो। यो समयमा बृद्धहरु खासगरी ६० वर्ष उमेर नागेकाहरुले घरमाबाट निस्कन मिल्ने छैन। अत्य आवश्यक काम नपरिकन घर बाहिर ननिस्कन भनिएको छ।

Santa Clara, San Francisco, San Mateo, Marin, Contra Costa र Alameda काउण्टीका बासीन्दाहरुलाई यो निर्देशन जारी गरिएको हो। यो अबधिमा अति आवश्यक सरकारी कार्यालय, अस्पताल, रेल, फायर डिपार्टमेन्ट, प्रहरीहरु नियमित हुने छन। यो सूचना अप्रिल ७, २०२० सम्मको लागि या अर्को आदेश नभए सम्म जारी रहने छ। काउण्टीहरुले ल्याण्ड लाइन र सेल फोनमा हेल्थ अलर्ट दिन थालेका छन्। अलर्टमा घरमा नै बस्नु, बाहिर ननिस्कनु, जमघट नगर्नु भनिएको छ।

त्यसैगरी अति आवश्यकका ग्रोसरी पसल, फार्मेसी, ब्यांक, ग्यास स्टेशन खुल्ला रहने छन्। रेष्टुरेन्टहरुमा भने बसेर खान पाइने छैन। केवल ड्राइभ थ्रू या पिक अप र ड्रप अफ मात्र गर्न पाइने छ। बार, क्लब, जीम, सलुन लगायत अति आवश्यक नपर्ने सेवाहरु हिजोको गभर्नरको कार्यकारी आदेशबाट नै बन्द गरिएको छ।