भगवान गौतम बुद्धको २५७९ औं जन्मजयन्ती सान फ्रान्सिस्कोमा

Hollywood Khabar May 08,2017 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को

फ्याफुल्ला ! टासी देलेक!! छ्याजलो!!! नमस्कार !!!!

सान फ्रान्सिस्को स्थित तीनवटा संस्थाहरुले संयुक्त रुपमा भगवान गौतम बुद्धको २५७९ औं जन्मजयन्ती समारोह भब्य रुपमा मनाउने आयोजना गरकोका छन्।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५७९ औं जन्मजयन्तीको अवसरमा तामाङ  कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया, क्यालिफोर्निय शेर्पा एशोसिएसन र नर्दन क्यालिफोर्निया तमु समाजको संयुक्त आयोजनामा, खेन्पो पेम्बा शेर्पा  लामाज्यू, आनी याङ्चेन तामाङ लामाज्यु र बे एरियाका अन्य लामा गुरुहरूबाट बौद्धधर्म सम्बन्धी प्रवचन, छोवा पुजा तथा विविध कार्यक्रम गर्दै भब्य रुपमा बुद्ध जयन्ती मनाइने भएको छ। कार्यक्रममा सम्पुर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ।

आयोजकहरुले कार्यक्रममा साकाहारी खाना, र चीया (चिनी/नुन/घ्यु) को पनि ब्यबस्थ  गरिएको कुरा जानकारी दिनुभएको छ।

कार्यक्रमबारे थप जानकारी:

May 13th (Saturday) 2017

Address:

Gyuto Foundation Monastery

6401 Bernhard ave., Richmond, CA 

Time: 9.00 am

प्रवेश : निशुल्क ( Donations Only)

आयोजकहरुको सम्पर्क फोन:

Kumar Dong 415-728-1247

Ang Nima Sherpa 415-423-4131

Chandra Gurung 530-566-6660)