-सान फ्रान्सिस्को बे एरियामा कोभिड १९ संक्रमण आक्रामक रुपमा बढ्दै, Picture from abcnews

सान फ्रान्सिस्को बे एरियामा कोभिड १९ संक्रमण आक्रामक रुपमा बढ्दै

Hollywood Khabar June 29,2020 Comments

हलिउडखबर/जुन ३०

सान फ्रान्सिस्को बे एरियामा कोभिड १९ संक्रमण ह्वात्तै बढेर आक्रामक रुपमा चुलिंदै गएको छ। करिव एक महिना पहिला मेमोरियल विकेण्ड आउँदा क्यालिफोर्नियामा कोरोना संक्रमण बढेता पनि हस्पिटलाइजेशन हुने क्रम कम थियो। त्यो हप्ता, सुरु हुँदै गरेको समर फन, प्रोटेष्टका गतिबिधि, कतिपय फेसिलिटीमा नअपनाइएको हेल्थ प्रोटोकल जस्ता कुराले यसको संक्रमण बढेको कुरा हेल्थ अफिसरहरुले बताएका छन्।

सान फ्रान्सिस्को बे एरियाका ६ वटा काउण्टीमा मे २२ देखि जुन २९ सम्म कोरोनाका कारण अस्पताल भर्ना हुने संख्या आकासिएको कुरा abcnews ले बताएको छ। यो अबधिमा १३ हजारबाट बढेर २४ हजार जना अस्पताल भर्ना भएको रेकर्ड छ। यो भनेको ७४% बढेको भनिएको छ। यो बढ्दो सक्रमणसँगै थुप्रै फेसिलिटीहरु पनि पुन: बन्द गरिएका छन्।