Hollywoodkhabar advertisement

सान फ्रान्सिस्कोमा भएको शुटिङ्गमा कम्तिमा २ को मृत्यू थुप्रै घाइते

-सान फ्रान्सिस्कोमा भएको शुटिङ्गमा कम्तिमा २ को मृत्यू थुप्रै घाइते
0
shares

सान फ्रान्सिस्को पुलिस डिपार्टमेण्टले दिएको जानकारी अनुसार अक्टुवर १६, २०२० राति भएको शुटिङ्गमा दुइजनाको मृत्यू भएको छ। राति ८:३० बजे इङ्ग्लिसाइड प्रहरीमा आएको खबर अनुसार सिटिको २०० ब्लक, सेरिन स्ट्रिटमा उक्त घटना भएको हो। अर्का ४०-४५ बर्षिया व्यक्तिलाई अस्पला लाग्दा मृत्यू भएको बताइएको छ।

घटनास्थलमा एक व्यक्तिलाई थुप्रै गोलि लागेको थियो। अर्का ३३ बर्षीय पुरुषको भने घटनास्थलमा नै मृत्यू भएको हो। अरु तीन जनालाई अस्पला लागिएको छ। त्यसमध्ये ३४ बर्षीय एक महिला, ४६ बर्षीय पुरुष, ६३ बर्षीय बृद्ध महिलाको अवस्था भने सामान्य रहेको छ। प्रहरीले घटनाको कारण थाहा नभएता पनि अनुसन्धानपछि जानकारी गराइने बताएको छ।