-सान फ्रान्सिस्को बे एरियामा फेरी पनि तापक्रम ३ डिजिट हुँदै

सान फ्रान्सिस्को बे एरियामा फेरी पनि तापक्रम ३ डिजिट हुँदै

Hollywood Khabar September 23,2020 Comments

इतिहासमा उच्च तापक्रम रेकर्ड गरेको क्यालिफोर्नियाँको उत्तरी खण्डमा फेरी पनि १०० डिग्री भन्दा माथी तापक्रम पुग्ने भएको छ।

यो बर्ष संसारमा कोरोनाले दुखले दुख दियो तर क्यालिफोर्नियाँलाइ चाहिँ त्यसमाथि आगलागी, उच्च तापक्रम लगायतले पनि दुख दिएको छ। यो हप्ता पनि सेप्टेम्बरको अन्तमा कहिल्यै पनि नहुने १०० तापक्रम नाघ्ने भएको बताइन्छ। वाइल्ड फायरले गर्दा मात्र होइन एयर क्वालिटी पनि एकदम खराबबाट केहि दिन यता सुधार भएको छ। अझै पनि एसमिटी नेशनल पार्क क्षेत्रमा एयर क्वालिटीका कारण पार्क बन्द नै छ।

यो हप्ताको विकेण्डको शनिबार बिहान देखि सोमबार बिहान सम्म उच्च तापक्रम रहने छ। यो शुक्रबार अर्थात सेप्टेम्बर २५, २०२० देखि तापक्रम बढ्ने कुरा मौसम बिज्ञहरुले बताएका छन्। आइतबार उच्च तापक्रम १०० देखि १०७ डिग्री या त्यो भन्दा माथि रहने छ।