-फाइल तस्विर

शाही युवा शक्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने 

Hollywood Khabar September 18,2019 Comments

२ असोज ,काठमाडौं ।शाही युवा शक्ति नेपालले अशोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने भएको छ। गतबर्ष पनि संविधान दिवसका दिन काठमाडौंको गंगबु चोकमा कालो ब्यानरका साथ् संविधानको विरोधर्याली निकालेको शाही युवा शक्ति नेपालले यस वर्षा पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन आम नागरिकलाई आग्रह समेत् गरेको छ ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले विज्ञप्ती जारी गर्दै संविधान दिवसलाई कालो दिनमाको रुपमा मनउन आग्रह गरेका हुन् ।विज्ञप्तीमा ‘जनता मारेर घोषणा गरिएको संविधान, छिमेकी राष्ट्रले स्वागत नगरेको संविधान र प्रधानमन्धी आफैले होली वाइन खाएर क्रिष्चियन धर्मको प्रचारक भएर कार्यान्वयन नगरिएको संविधान २०७२ लाई सम्पूर्ण नेपालीहरुले दिपावलीको रुपमा होइन कालो दिनको रुपमा मनाउन अनुरोध गर्दछौं ’भनिएको छ।