ललितपुरको शंखमूलमा निर्मित शंखमूल पार्क

NRNA: शंखमुल पार्क ११ अक्टुवरमा हस्तान्तरण : उपाध्यक्ष आचार्य

Hollywood Khabar October 04,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ र बागमती सरसफाई अभियान समितिसंग २०१४ मा संघका तत्कालिन अध्यक्ष शेष घलेको रोहबरमा शंखमूल पार्क निर्माण गर्न एक संझौता गरिएको थियो। करिब ४ बर्ष पछि उक्त पार्क निर्माण सम्पन्न गरि यहि अक्टुवर ११ का दिन ललितपुर महानगर पालिकालाइ हस्तान्तरण गरिने भएको छ।
 
संघको अक्टुवर २०१७ मा भएको निर्वाचनबाट उपाध्यक्ष निर्वाचित कुल आचार्यको जिम्मामा परेपछि पार्कको काम सुचारु भएको हो। पार्क निर्माण कमिटीका संयोजक समेत रहेका उपाध्यक्ष आचार्यले सो बिषयमा हलिउड खबरलाइ दिएको जानकारी अनुसार- पार्क निर्माणको लागि तत्काल १ करोड ६२ लाखमा सम्पन्न गर्ने टेन्डर दिइएको थियो। बिचमा गएको भूकम्पका कारणहरुले काम ढिला हुनपुग्यो। काम रोकिंदा रोपेका बिरुवा गाइ-बस्तुले खाने लगायत असुरक्षा देखिएकाले केहि परिमार्जन गर्नुजरुरी देखियो। काँडे तारबार समेत गरि थप डिजाइन समेत नयाँ गरियो। ४ बर्ष सम्म बढेको इन्फ्लेशन, थप डिजाइन समेत ३ करोड लागतमा सम्पन्न गर्न अर्को संझौता गरियो।
 
तत्पश्चात द्रुत गरिमा अगाडि बढेको कामले लगभग निर्माण सम्पन्न हुनै लागेको छ। अब सो पार्क आगामी हप्ता अर्थात अक्टुवर ११, २०१८ का दिन शहरी बिकास मन्त्रीको प्रमुख आतिथ्यमा उद्घाटन र हस्तान्तर गरिने भएको छ। साथै बिचमा रहेको स्तुपामा पार्क निर्माणमा सहयोग गर्ने चन्दादाताको नाम समेत राखिने भएको छ। यसका साथै सोहि दिन सहयोगीहरुलाई सम्मान समेत गरिने भएको छ।
 
गैरआवासीय नेपालीहरुको गौरवको रुपमा रहेको यो पार्क उपरान्त ललितपुर महानगर पालिकाको नियन्त्रण र संरक्षणमा रहने कुरा उपाध्यक्ष आचार्यले बताउनु भएको छ।