-ॐ नम शिवाय:महाशिवरात्री प्रवचन

ॐ नम शिवाय:महाशिवरात्री प्रवचन

Hollywood Khabar March 10,2021 Comments

फाल्गुण महिनाको कृष्णपक्षको चतुर्दशी आराध्य देव पशुपतिनाथ, शिवजीको विषेश र प्रिय दिन हो। शिव ती भगवान हुन जो निराकार आदि र अन्त नभएका जस्को रिसको आवेगले संसारलाई क्षण भरमै छिन्न भिन्न पारिदिन्छ र तुरून्तै रिष शान्त भई (आशुतोष) माया र करूणाका अवतारमा परिणत भई देवादि देव महादेवका रूपमा सर्वत्र पूजित भएका छन्।

आजका दिन नेपाल लगायत भारत तथा सम्पूर्ण हिन्दू धर्म मान्ने देशहरूका शिवालयहरूमा शिवको पूजा,आराधना र रातभर जागरण गरि हर्षोल्लासका साथ मनाईन्छ।शिवरात्री र शिव महिमा तथा शिवरात्रीको व्रत कथाको विषयमा थप जानकारीको लागि पं. रामबाबु लुइटेल द्धारा प्रस्तुत महाशिवरात्री को व्रत कथा सुनेर लाभ प्राप्त गरौं।