Hollywoodkhabar advertisement

ओकल्याण्ड सिटीमा फेरी पनि गोली चल्दा २ जनाको मृत्यू

-ओकल्याण्ड सिटीमा फेरी पनि गोली चल्दा २ जनाको मृत्यू
0
shares

क्यालिफोर्नियाको ओकल्याण्ड सिटीमा गोली चल्ने क्रम बढेको छ। गत हप्ता एउटा घटना घटेको थियो। फेरी अर्को एउटा गोली चल्दा २ जनाको मृत्यू भएको कुरा ओकल्याण्ड प्रहरीले जनाएको छ।

अक्टुवर १४, २०२० बुधबार, दिनको १२:४५ बजे ८४ एभीन्यू नजिकै बिर्च स्ट्रिटमा सो गोली चलेको थियो। प्रहरी पुग्दा ३ जना मानिसहरु गोली लागेर घाइते भएका थिए। ती मध्ये एक जनाको घटना स्थलमा नै मृत्यू भएको थियो। अरु दुइ जनालाई भने अस्पताल लगियो। ति मध्ये पनि एक जनाको अस्पतालमा पुगेर मृत्यू भयो, प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको छानविन गर्दैगरेको भएता पनि घटनाको कुनै सुराकी भए पाएको छैन। प्रहरीका अनुसार सिटी अफ ओकल्याण्डमा करिव ७०० जति गन सुटिङ र सो संबन्धि अपराधका घटना रेकर्ड भएका छन्।