तस्बिर साभार वेब

श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ र गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा शुक्रबार सार्वजनिक बिदा घोषणा

Hollywood Khabar August 21,2019 Comments

६ भाद्र काठमाण्डौ।श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ सरकारले र गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देशसहित कृष्ण जन्माष्टमी पर्व मनाउन प्रदेश २ मा सार्वजनिक बिदा घोषणा गरेको जानकारी गराउनु भएको हो।  

यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गरी ‘गौरा पर्व’ का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत दिएको छ ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ ।