-नायिका श्रेया दुलाल

नायिका श्रेया दुलाललाइ नेशनल क्यापिटल अवार्डमा बेष्ट मोडल अवार्ड प्राप्त

Hollywood Khabar January 24,2021 Comments

कृष्ण के सी, अमेरिका, जनवरी २४, २०२१

भिडियोहरुमा निर्देशन, मोडलिङ्ग र ग्लामर लाइनमा अगाडी बढ्दै गएकी नायिका श्रेया दुलाल पछिल्लो समय बिस्तारै चर्चामा आउन थालेकी छन्।

जनवरी २४, २०२१ मा काठमाण्डौमा आयोजित ७ औं नेशनल क्यापिटल अवार्ड २०७७ मा सुगम संगीतबाट श्रेयालाइ बेष्ट मोडल महिला अवार्ड प्राप्त भएको छ। कार्यक्रम पछि हलिउडखबरसँग कुरा गर्दै श्रेयाले आज किन बोलको गीतबाट उनलाई सो जीत हात लागेको बताइन।

क्यापिटल इन्टरटेन्टमेन्ट तथा शुभकामना मिडिया सोलुसनको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा नायिका तथा श्रेया दुलाललाई आज किन बोलको आधुनिक गीतको म्युजिक भिडियोबाट बेस्ट मोर्डन म्युजिक भिडियो फिमेल मोडेल अवार्डबाट प्राप्त भएको हो। उसो त श्रेया आफूले एक दर्जन भन्दा धेरै म्युजिक भिडियोहरुमा अभिनय गरेको बताइन।