तस्बिर साभार वेब

बलात्कार आरोपी सिद्धबाबा भारततिर टाप कसे  

Hollywood Khabar January 22,2020 Comments

९ माघ,विराटनगर।बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी भारतगएका छन्।जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरमा सुनुवाइ चलिरहेका बेला  बिहीबार केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो चढेर भारत गएका हुन्। गिरीलाइ  सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई हामी पारी पुगेर आइहाल्छौं भन्दै सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। गिरीको सुरक्षामा खटिएका नेपाल प्रहरीका हवल्दार मुकेश साह खटिएका थिए । गिरि केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहिबार  बिहान उच्च अदालत जाने भनेर हिँडेपनि  अदालत नपुगिकन जोगवनी बाट दिउँसो १ बजे सीमा पारेका हुन् ।  
 
 दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।उच्च अदालतका  मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाइ बिहीबार जारी रहेका बेला उनी भारत भासिएका हुन् ।