-सांकेतिक तस्विर

शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु  

Hollywood Khabar January 17,2020 Comments

४माघ,काठमाडौं।कञ्चनपुरमा शिक्षकको कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थीको  मृत्यु भएको छ।भीमदत्त नगरपालिका–१७  मझगाउँमा रहेको महाकाली बाल विद्यालयमा  शिक्षकहरुको कुटपिटबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधव कलौनीको उपचारको क्रममा मृत्यु भएको हो । कलौनीको भारतस्थित राजमुर्ति अस्पतालमा गए राति मुत्यु भएको हो ।मृतक विद्यार्थीका  बुवा बृहस्पति कलौनीले विद्यालय बाहिर साथीभाइसँग  झगडा गरेकोभन्दै   शुक्रबार विद्यालयमै  विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले आफ्नो छोरालाई निर्घात  कुटपिट  गरेको  बताए ।