साङ्केतिक तस्बिर:साभार वेब

सिंहदरबार गाउँगाउँमा भन्ने सरकारले दाबी गरेपनि स्थानीय सरकार कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य

Hollywood Khabar February 17,2020 Comments

७ फागुन काठमाडौं।संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन्। सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित सरुवाले स्थानीय तहको काम भने प्रभावित भएको छ।

पर्साका स्थानीय तहहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी कर्मचारी पठाउन नसक्दा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो गरेका छन्।तीन तहको सरकार गठनपछि देखिएको व्यवस्थापकीय संक्रमणको दुई वर्षमा पनि स्थानीय तहमा अझै कर्मचारी व्यवस्थापन हुन नसक्दा स्थानीय सरकारले काम गर्न सकेको छैन।१४ वटा स्थानीय तह रहेको पर्साको केही स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीयले नै काम चलाइरहेका छन्।

पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, बुहदरामाई नगरपालिका, ठोरी गाउँपालिकालगायतका स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले दैनिक कार्य सम्पादन गरिरहेका छन्।स्थानीय तहका प्रमुख कार्यकारी अधिकृतहरुको पटक पटकको सरुवाले गर्दा जनताको काममा भने प्रभाव परेको छ।