तस्बिर साभार वेब

शनिबार राति सिन्धुपाल्चोकमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

Hollywood Khabar September 12,2020 Comments

२८ भदौ सिन्धुपाल्चोक।सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।
पहिरोमा ज्यान गुमाउनेको विवरण–
१.भक्तिमाया श्रेष्ठ – ६३ वर्ष
२. जुनु विक – २३ वर्ष
३.शुकलाल विक – २४ वर्ष
४. सन्देश विक – ८ वर्ष
५. सर्किनी नेवार – ६० वर्ष
६. धनलाल नेवार – ६५ वर्ष
७. ट्याक्सी शेर्पा – ९८ वर्ष
८ हिरामाया नेवार – ६० वर्ष
९. ज्ञानीमाया प्रधान – ४२ वर्ष
१०. सरस्वती विक – ५ वर्ष
११. करणबहादुर श्रेष्ठ – २५वर्ष 
पहिरोमा हराइरहेकाहरु –
१. रामबहादुर नेवार – ४८ वर्ष
२. दिलमाया श्रेष्ठ – १८ वर्ष
३. रिता श्रेष्ठ – ३७ वर्ष
४. दानियाल श्रेष्ठ – ५ वर्ष
५. नदान श्रेष्ठ – ४ वर्ष
६. अमृत श्रेष्ठ– २५ वर्ष
७. मनिता श्रेष्ठ – २५ वर्ष
८. रविना श्रेष्ठ – ३० वर्ष
९. रियाशु श्रेष्ठ (शिवभक्ति) – ८ वर्ष
१०. पदमकुमारी श्रेष्ठ – ६० वर्ष
११. रामकुमार श्रेष्ठ – ४२ वर्ष
१२.लालबहादुर श्रेष्ठ – ५१ वर्ष
१३. बुद्धलक्ष्मी श्रेष्ठ – ५० वर्ष
१४. लक्ष्मी श्रेष्ठ – ११ वर्ष
१५. कुमार विक – २२ वर्ष
१६. सोनिया विक – २१ वर्ष
१७. रुपा बिक – १० वर्ष
१८. शिबबहादुर नेवार – ४३ वर्ष
दुई वर्षीय एक बालक र एक महिलाको नाम खुल्न सकेको छैन ।