तस्बिर साभार वेब

सिन्धुली गढीमा गढी दरवार र युद्धकला संग्रहालय बन्ने

Hollywood Khabar November 10,2019 Comments

२५,कार्तिक,काठमाडौं।ऐतिहासिक सिन्धुली गढीमा गढी दरवार र युद्धकला संग्रहालय बन्ने भएको छ।प्रदेश-३ सरकारले ऐतिहासिक सिन्धुली गढीमा गढी दरवार निर्माण गर्ने भएको  हो भने नेपाली सेनाले युद्ध संग्रहालयको निर्माण गर्ने भएको हो ।
 
सिन्धुली गढीमा वि.सं. १८२४ मा नेपाल आक्रमणको लागि भारतबाट जनकपुर हुँदै अत्याधुनिक हतियार सहित काठमाडौं तर्फ आएको  ब्रिटिस सैनिकलाई  कात्तिक २४ गते नेपाली सेनाले तोप तथा ढुँगा मुढाले  हानेर आक्रमण गरि पराजित गरेर विजय प्राप्त गरेको थियो ।इतिहासमा नेपाली सेनाले जंगलमा रहेको अंरिगालको गोलामा ढुँगा हान्दा अरिंगाल बिच्किन गई ब्रिटिस सेनालाई टोक्दा ब्रिटिस सेना भागाभाग भएको र भाग्ने क्रममा उनीहरुलाई लेकाली सिस्नो र अल्लोले पोलेपछि ब्रिटिस सेना तितर वितर भएको उल्लेख छ । ब्रिटिस सेनाको नेतृत्व गर्दै आएका किनलक पराजय स्विकार गरी भागेर भारत फर्किएका थिए ।

ऐतिहासिक सिन्धुली गढीमा  पहिले सदरमुकाम बसेका थियो । बडाहाकीम बस्ने सो स्थानमा दरबार पनि रहेको थियो ।तत्कालीन माओवादी पार्टीले २०५२ मा सशस्त्र युद्धको घोषणा गरेपछि सिन्धुली गढीमा रहेको प्रहरी चौकिमा आक्रमण भएपछि प्रहरी चौकी विस्थापित भई माढीमा सरेपछि दरबारको संरक्षण  बिहिन भएको थियो । दरबारको छानोमा छाउन प्रयोग गरिएका सामग्री , घरका ढोका तथा काठहरु र इँटा समेत स्थनीयले चोरेर लगेका। अहिले फेरी गढी दरबार र दरबार क्षेत्रको पुन: उत्खननको काम सुरु भएको छ ।

त्यतिबेला सेनाले पानी खान बनाएको इनार, ढुंगा खोपेर पानी खान बनाएको ट्याङ्की, लडाइँ लड्नको लागि बनाएका बंकरहरु, तोप, तोप हान्ने ठाउँ लगायतका स्थान र सामाग्री फेला परेका छन् ।नेपाली सेनाले तिनको संरक्षणका लागि ४ करोड ५० लाख रुपैयाँको लागतमा युद्ध संग्राहलय बनाउन लागेको हो। संग्राहलयमा अंग्रेज सेनासँग नेपाली सेनाले लड्दा प्रयोग गरिएका सामाग्रीहरु व्यवस्थित तरिकाले राखिने नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेलले  गढी दरबार बनाउनको लागि प्रदेश सरकाले ४ करोड रुपैयाँ विनियोजन गरेको बताए।