-शशुल्क ओल्डेज होम काठमाण्डौमा

ज्येष्ठ नागरिक लक्षित सुबिधा सम्पन्न शशुल्क ओल्डेज होम काठमाण्डौमा

Hollywood Khabar May 01,2019 Comments

ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी काठ्माण्डौ उपत्यकामा सुबिधा सम्पन्न ओल्डेज होम संचलानमा आएको छ्।

बर्तमान नेपाली समाजको ब्यस्त जिबनशैलिले स्वदेश या बैदेशिक रोजगारी कारण बुबा-आमा तथा ज्येष्ठ अभिभावकहरुलाई आवश्यक समय दिन कठिनाई भइरहेको अबस्था छ। आफ्नो बृद्ध बुवा आमालाई यथोचित हेरविचार गर्ने समय धेरैमा हुन सक्छ।

विदेशमा तिब्र व्यस्तता तथा भौगोलिक दुरी लगायतको अवस्थालाई ध्यानमा राखी ज्येष्ठ नागरिकका बारेमा लामो अध्ययन अनुसन्धान पश्चात काठमाण्डौ उपत्यका भित्र शान्त र रमणीय बातावरणमा PANCHAWOTI HOME सुरु गरिएको छ। ज्येष्ठ नागरिक आवास गृह शशुल्क संचालनमा आएको छ l

काठमाण्डौ नजिकै सुन्दर स्वच्छ वाताबरणमा ज्येष्ठ नागरिकहरुका लागि लक्षित गरि दश रोपनी क्षेत्रफलमा पंचावती होम नामक सुबिधा सम्पन्न आवास गृह संचालनमा आएको हो।

योगा, ध्यान तथा अन्य धार्मिक कृयाकलाप, प्रबचनबाट मनलाई शुद्ध र शान्त बनाउने स्थान। समय तालिका अनुसारको आहार बिहारको उचित प्रबन्ध गरिएको छ। जीवनको उत्तरार्धलाई सकृय र सहज रुपमा उत्साहित जीवन यापन गर्ने उपयुक्त स्थान को रुपमा PANCHAWOTI HOME रहेको यसका निर्देशक हेमराज गौतमले जानकारी गराएका।

आवास गृहमा आवस्यकता अनुसार छोटो तथा लामो अवधिका लागि पनि बसोबास गर्न सकिने बताइएको छ। साथै डे केयर सेवा समेत उपलब्ध रहेको बताइइन्छ।

नेपाल बाहिरको ब्यबस्थापनलाइ नजिकबाट नियालेका व्यक्तिहरुको समुहले पंचावती होम संचालनमा ल्याएका हुन। सिंगल तथा डबल बेड़का आरामदायी कोठाहरु, टिभी, इन्टरनेट, अटेच्ड ट्वाइलेट बाथरुम तथा चिसो तातो पानीको व्यवस्था, चौबिसै घण्टा सुरक्षा व्यवस्था तथा CCTV निगरानी, आवस्यकता अनुसार यातायातको व्यवस्था, निजी अर्गानिक गार्डन, स्वास्थ्य परिक्षण, योग, ध्यान तथा खेलकुद समेतको ब्यबस्था गरिएको छ।