-Pipal Mani Sigdel

गजल:सिउँदोको एक चिम्टी चिनो भार भएपछि

Hollywood Khabar February 28,2019 Comments

पीपलमणि सिग्देल, न्यूयोर्क, मार्च १, २०१९

सधैं लिलामी हुने बस्तु झैं प्यार भएपछि !
दुई पैसामै माया बिक्ने बजार भएपछि !!

रुप यौवन शिखर चढ्छ वैंश आएपछि !
कालो ध्वाँसो गाजल बनी श्रृंगार भएपछि !!

जून दिएँ आकाशलाई सितारा पनि उतै !
न पर्ने भो चिनो दिन वारपार भएपछि !!

छिया-छिया मुटु भयो पीडा थाम्न सकिएन !
तिम्रा वचन नै अति तिखा धार भएपछि !!

आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भो किन ?
गुलावको फूल दिंदा तिरस्कार भएपछि !!

कोही तेरो कोही मेरो भनी दाह्रा किट्ने भए !
सिउँदोको एक चिम्टी चिनो भार भएपछि !!