https://www.youtube.com/embed/g-JNQEAGlJY

स्मृति गुरुआमाको स्वर र निर्देशनमा बनेको तीज गीत दीदीभाइको भिडियो

Hollywood Khabar August 09,2018 Comments

नेपाली नारीहरुको महान चाड हरितालिका तिज निजिकिदै गर्दा सांगीतिक बजारमा तीज बिशेष गीतहरु भित्रीने क्रम बढ्दो छ।  यसै परिवेशमा गुरुआमा फिल्मसको प्रस्तुतिमा अत्यन्तै मार्मिक अनि सामाजिक यथार्थमा आधारित तीज गीत दीदीभाई २ सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ।  

बिष्णु न्यौपानेको मार्मिक शब्द तथा खुमन अधिकारीको मर्मस्पर्शी लयामा रहेको गीतमा खुमन अधिकारी र स्मृति तिमिल्सिनाको सुमधुर स्वर रहेको छ। बिनोद बाजुरालीले एरेन्ज राजेन्द्र बाजुरालिले रेकर्डिङ साथै खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन। उक्त गीतको अडियो मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।

चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा रमा थपलिया, महेन्द्र गौतम, सुस्मिता सापकोटा, शेरबहादुर डिसी, गिता खड्का र सुमन थापाको अभिनय रहेको छ। गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन।