-Krishna KC

समाजबादीले सुरु गरे, कम्यूनिष्टले निरन्तर दिने गरेको राष्ट्रसंघको नारी दिवस

Hollywood Khabar March 06,2020 Comments

कृष्ण के सी, अमेरिका, मार्च ७, २०२०

कम्युनिनिष्टहरुले महिला आन्दोलनको केन्द्र बिन्दु मान्ने गरिएको अन्तराष्ट्रिय महिला दिवसले विश्वका महिलाहरुको राजनैतिक, सामाजिक र आर्थिक जनजीवनमा खासै असर गरेको देखिंदैन। तर पनि उनीहरुले यसलाई भजाउन भने छाडेका छैनन। कम्युनिष्टहरुले जहिले पनि संवेदनशील बिषयलाइ उठाएर दुरुपयोग गर्दै जान्छन। त्यसैले यो नारी दिवस पनि त्यसैको उपज होला।

  • आज भोलि प्राय गरि तेश्रो दर्जाका गरिव मुलुकहरुले अन्तराष्ट्रिय महिला दिवस भनेर प्रत्येक बर्ष मार्च ८ मा मान्ने गरेका छन। तर बिकसित देशहरुले यसलाई खासै चासो दिंदैनन। अमेरिकामा त यसलाई हेक्का राख्नेहरु नै एकदम कम छन्।
  • अगष्ट १९१० मा डेनमार्कको कोपेनहेगनमा समाजवादीहरुको दोस्रो अन्तर्राष्ट्रियको साधारण सभा हुनु अघि अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन आयोजना गरिएको थियो। त्यो समय अमेरिकी समाजवादीहरूले वार्षिक रुपमा महिला दिवस स्थापना गर्ने प्रस्ताव राखेका थिए। यद्यपि उक्त सम्मेलनमा कुनै मिति तोकिएको भने थिएन। त्यो समय १७ देशका १०० जना महिला प्रतिनिधिहरूले महिलाको अधिकारका लागि समान अधिकारको प्रवर्धन गर्ने रणनीतिका लागि भनेर सहमत भएको कुरा ऐतिहासिक रेकर्डमा पाइन्छ। त्यसपछिको अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा एक मिलियन भन्दा धेरै मानिसहरूले पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस (International Women’s Day-IWD) मनाए। त्यो बखत अष्ट्रो हंगेरी साम्राज्यमा मात्रै ३०० प्रदर्शनकारीहरू रहेको कुरा पढ्न पाइन्छ।
  • ९० को दशकमा कम्युनिष्ट देशहरुको पेलान पछि संयुक्त राष्ट्र संघले यसलाई मान्न नै पर्नेभयो। मानेको मात्र होइन महिला दिवस भनेर क्यालेण्डर नै गरेको छ। त्यसपछिका वर्षहरुमा कम्यूनिष्ट राष्ट्रहरुले यसलाई अन्तराष्ट्रिय महिला दिवस भनेर महिला अधिकारका बिषयलाई जोडेर मनाउने गरेका छन्। तर पुँजीवादी राष्ट्रहरुले यसको कुनै तुक देख्दैनन।
  • इतिहास हेर्दा अमेरिकाको सबाजबादी पार्टीले फेब्रवरी २८, १९०९ मा न्यूयोर्क शहरमा महिको दिवस सुरु गरेको पाइन्छ। जर्मन प्रतिनिधिहरु क्लारा जेट्किन, काट डंकर र अन्य महिलाहरुले १९१० देखि नै समाजबादी महिलाहरुको अन्तराष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव गरेका थिए। त्यसपछि महिला दिवस मनाउने चलन विस्तार बढ्दै गएको इतिहासमा पढ्न पाइन्छ।
  • सोभियत युनियनले मार्च ८, १९१७ देखि ८ मार्चलाइ राष्ट्रिय रुपमा नै छुट्टिको रुपमा मनाउने गरेको छ। त्यसपछि समाजबादीहरुले सुरु गरेको महिला दिवस साम्यवादीहरुले पनि मनाउन थाले। यसलाई विश्वका कम्यूनिष्ट मुलुकहरुले सस्तो नाराकै रुपमा उरालेर, तामझामका साथ मनाउन थाले।
  • त्यसपछि बिचमा बिकास भएको महिलावादीहरुले १९६७ को समय देखि भने ८ मार्चलाइ चर्को नाराको रुपमा मनाउने गर्न थाले। १९७७ मा पुग्दा भने यसलाई संयुक्त राष्ट्र संघले नै महिला दिवस मनाउने कुरा सुरु गरिदियो। १९९६ देखि संयुक्त राष्ट्रसंघले हरेक बर्ष एउटा थिम दिएर अन्तराष्ट्रिय महिला दिवस मनाउने क्यालेण्डर गर्ने गरेको छ।
  • संसारका सबै ब्राण्डका विकास, रक्सी, खुराक, उप्तादन र पोशाक लिने, दिने, बेच्ने गरिएको नेपालमा यो दिवस पंचायत काल देखि नै सुरु गरिएको हो। तर पनि नेपालमा यो दिवसले कुनै उपलब्धि गरेको एउटा पनि नतिजा भने रेकर्डमा छैन केवल दिवस मनाउने बाहेको। महिला दिवस मनाएर उन्नति भएको भन्ने नेपाली महिला कोहि पनि देखिएका छैनन।
  • आज भोलि कतिपय देशहरुले यसलाई राष्ट्रिय रुपमा मनाउने गर्छन। कतिले छुट्टी नै दिने चलन पनि गरेका छन्। तर पनि यो ८ मार्चको महिला दिवसलाइ भने विश्वका धेरै देशहरुले चासो नै दिने गरेका छैनन्। कतिपय ठाउँमा चाहिँ र्याली र प्रदर्शन समेत गर्ने गरेका छन्। अमेरिकामा महिला दिवस खासै रुपमा मनाएको देखिंदैन।
  • यो लेख्दाको समयमा २०२१ मा १११ औं महिला दिवसलाइ Women in leadership:Achieving an equal future in a Covid-19 world भनेर मनाइएको थियो। यो पटक २०२२ मा राष्ट्र संघले Gender equality today for a sustainable tomorrow भन्ने थिम दिएको छ।