बुद्धमूर्ति प्रतिस्थापन: सोनाम लामाको एकल लगानी

सबै भन्दा ठूलो ढुंगाको बुद्धमूर्ति प्रतिस्थापन: सोनाम लामाको एकल लगानी

Hollywood Khabar October 27,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाल मात्र होइन भारतीयहरुको पनि तिर्थाटन मानिने मुस्ताङको मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति बिधिपूर्वक प्रतिस्थापन गरिएको छ।

यो गौरवशाली नयाँ तिर्थस्थल बनाउन लामो समय र ठूलो धनराशी खर्च गर्ने व्यक्ति भने मुस्ताङ्गमा जन्मेर न्यूयोर्कमा आफ्नो व्यवसाय गर्दै गरेका सोनाम लामा हुन्। उसो त लामा गैरआवासीय नेपाली संघको सबैजसो मेगा प्रोजेक्ट र अभियानमा नछुट्टिने नाम हो। तर त्यो भन्दा पनि ठूलो करिब ४ करोड रुपैयाको योगदान उनले यो बुद्धमूर्तीको स्थापनामा खर्च गरेका हुन्।

बुद्धमूर्ति बिधिपूर्वक स्थापनाका लागि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मुस्ताङका राजारानी, बौद्ध धर्मगुरुहरु लगायतको उपस्थीति रहेको बतान्छ। ३५ फिट अग्लो र ६० हजार किलो ओजनको यो बुद्धमूर्ती निर्माण २०१३ मा सुरु गरिएको हो। ललितपुरका मूर्तिकारहरु धर्मराज र उत्तम शाक्य दाजुभाइको डिजाइनमा निर्माण गर्न दुइ दर्जन जस्तो मुर्तीकार र कामदारहरुको सहभागिता थियो।